मधेश प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
पशु सेवा तालिम केन्द्र
जनकपुरधाम, धनुषा
परिचय

              यस पशु सेवा तालिम केन्द्र स्थापना हुनुभन्दा पूर्व नेपाल सरकार एशियाली विकास बैंक यु एन डि पि, युराेपियन साझा बजार तथा अष्ट्रेलियन डेभलपमेन्ट ब्यूरोको बहुपक्षिय सहयोगबाट २०३७ साल भाद्र १३ गते पशु विकास आयोजना श्रोत केन्द्रको स्थापना भएको थियो । उक्त आयोजनामा एक तालिम शाखा पनि थियो । आयोजनाकाे कार्यकाल २०४४ साल अषाढ सम्म मात्रै भएकोले कार्यकाल समाप्त पश्चात श्रोत केन्द्रमा रहेकाे तालिम शाखालाई नेपाल सरकार, पशु विकास तथा पशु स्वास्थ्य विभाग,केन्द्रिय तालिम तथा प्रसार केन्द्र अन्तर्गत रहने गरि क्षेत्रिय तालिम केन्द्रको रुपमा नामाकरण गरियो । यसरी क्षेत्रिय तालिम केन्द्रको स्थापना भएपछि यसको कार्यक्षेत्र यस विकास क्षेत्रको धनुषा, महोतरी,सर्लाही,बारा,पर्सा,रौतहट,सिन्धुली, मकवानपुर र चितवन गरी नौ वटा जिल्ला रहेको थियो । उक्त नौ वटा जिल्लाका पशुपालक कृषक तथा पशु सेवा सँग सम्वन्धित मध्यम स्तरीय पशुपालन तथा पशु स्वास्थ्य सम्वन्धि विभिन्न किसिमको तालिमहरु दिदै आएको थियो ।

          वि.सं. २०४९ साल श्रावण ४ गते मन्त्री परिषदको निर्णयानुसार पशु सेवा विभाग लगायत कृषिसँग सम्वन्धित अन्य चार विभागहरुलाई एकद्वार प्रणाली अन्तर्गत राखी कृषि विकास विभाग नामको एउटा विभाग खडा गरियो, जस अनुसार क्षेत्रिय पशु सेवा तालिम केन्द्रलाई कृषि तालिम केन्द्रमा समाविष्ट गरी जनकपुरको क्षेत्रिय पशु सेवा तालिम केन्द्रलाई कृषि तालिम केन्द्र कृषि तालिम केन्द्र परवानीपुर वारामा सारिएको थियो र यसको कार्यक्षेत्र यस विकास क्षेत्रको १९ वटा जिल्लामा वढन गयो ।

              तत्पश्चात वि.सं. २०५२ श्रावण १ गते देखि कृषि विकास  विभागको संरचनामा पुनः परिवर्तन भै कृषि  विभागबाट पशु सेवातर्फ छिटो छरितो किसिमले पुर्याउन अप्ठयारो भएपछि पशु सेवा विभागको छुट्टै स्थापना भई कार्यक्रमहरु सुचारु रुपले संचालन गर्न सो संरचना अनुसार क्षेत्रिय पशु सेवा तालिम केन्द्र पशु सेवा तालिम महाशाखा अन्तर्गत हुन गएकोले क्षेत्रिय पशु सेवा तालिम केन्द्र परवानीपुरबाट क्षेत्रिय पशु सेवा तालिम केन्द्रको साविककाे आफ्नै भवन जनकपुरमा नै पुनः आई कार्यक्रम संचालन गर्न थाल्यो यसरी मध्यमाञ्चल विकास क्षेत्रका १९ वटा जिल्लाको पशुपालन कृषक तथा मध्यम स्तरीय प्राविधिक कर्मचारीहरुलाई पशु सेवा विभाग, पशु सेवा तालिम तथा प्रासर निर्देशनालयको नीति अनुरुप तालिम प्रदान गर्दै आएको छ । 

             वि.सं. २०७५ सालमा संघीयता कार्यन्वयन पश्चात संघ,प्रदेश र स्थानीय गरी  तिन तहका संरचना अनुसार तत्कालिन क्षेत्रिय पशु सेवा तालिम केन्द्र प्रादेशिक संरचनामा रुपान्तरन पशु सेवा तालिम केन्द्र, जनकपुरधाम, प्रदेश नं. २ र हाल यस तालिम केन्द्रको कार्यक्षेत्र ८ जिल्लामा धनुषाा,  महोतरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहेको छ ।